सुर्यगढी गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिकाे एक वर्ष पूरा, वडाले मार्याे विकासकाे फड्काे
काठमाडाैं । नुवाकाेट सुर्यगढी गाउँपालिका वडा नम्बर १ ले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले शनिबार एक वर्ष पुरा गरेका छन् । २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट राज कुमार तामाङ (रन्जित) वडा अध्यक्षको जिम्मेवारीमा छन्।।
वडा अध्यक्ष तामाङले जेष्ठ ६ गते वडा समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरी कार्य शुभारम्भ गरेको शनिबार ठिक १ वर्ष पूरा भएकाे जानकारी दिनुभयाे ।
उहाँको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम भएकाे छ ।
सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।
५ बर्से कार्यकालको प्रहिलो वर्षमा काम गर्दा गर्ने क्रममा कुनै गुनासा तथा जिज्ञासा भए प्रत्यक्ष भेटघाट, सामाजिक सञ्जाल वा वडा कार्यालयमा भएको गुनासो पेटीकामार्फत साेध्न सकिने वडा अध्यक्षले बताउनु भयाे ।
वडा अध्यक्ष तामाङले वडावासीबाट प्राप्त हुने सल्लाह सुझावलाई आगामी दिनमा काम गर्न थप पृष्ठ पोषणको रुपमा लिइने जानकारी दिनुभयाे ।
उहाँले कार्यकालको पहिलो वर्ष वार्षिक उत्सवका दिन आज लच्याङ उर्लेनी सडक खण्डको बल्बा खोल्सामा बाटो बिग्रेको र सवारीसाधन आवत जावत गर्न जोखिम भएको स्थानमा हामी जनप्रतिनिधि र स्थानीय बासीहरुको सक्रियतामा जनश्रमदानमार्फत बाटो मर्मत गर्ने कार्य बताउनु भयाे ।
वडा अध्यक्ष तामाङले भल बाढीले थप अस्तब्यस्त बनाएको बनौली पाखा सामुदायिक वन नर्सरीको पनि याे वर्ष सरसफाइ गरिएकाे जानकारी दिनुभयाे ।
वडा अध्यक्ष तामाङको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उहाँ वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गरेका छन् । वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष तामाङ वडामा विकास प्रेमी नेताका रुपमा परिचित हुनुहन्छ ।
आशन र भाषणभन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उहाँले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न सक्छ ।









