Share Icon

१५ माघ काठमाडाैँ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नंं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सूर्य बहादुर आचार्य ।

कालिन्चोक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आचार्यले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

उहाँले वडामा अहिले विकासका काम तीव्र गतिमा भइरहेको बताउनुभयो । पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा सडकलाई विशेष प्राथमिकतामा राखेर वडामा रहेका सडकहरुलाई ढलान गर्ने काम सुरुहुन लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा युवाहरुको लागी खेलकुद कार्यक्रम राखेसँगै महिलाहरुको लागी सिलाई कटाई लगाएत जनचेतनाका कार्यक्रमहरु राखेका छौँ ।”

वडामा पशुपालनको लागी सामूहिक भैँसी पालन अन्तर्गत एउटा समुहलाई दश वटा भैँसी वितरण गर्ने योजना बनाएर गोठहरु निर्माण भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी कृषी क्षेत्रमा वडामा रहेका किसानहरुलाई तरकारी खेतीमा प्रोत्साहन गनर्का लागी परीरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रमा वडामा रहेका बालबालीकाहरुलाई शैक्षीक क्षेत्रमा प्रोत्साहन गर्न झोला वितरण गर्ने योजना राखेका छौँ ।

वडाबासीको साथ र सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष आचार्यले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon