Share Icon

१८ पाैष, काठमाडाैं ।  बर्दिया राजापुर नगरपलिका ४ स्थित लाईट एकाडेमी मा. बि. (बोर्डिङ स्कुल) ले यतिखेर शैक्षिक क्षेत्रमा फड्को मारिरहेको छ । साथैं यस बोर्डिङ स्कुलले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ लाईट एकाडेमी मा. बि.(बोर्डिङ स्कुल) अगाडि बढिरहेको छ।

नेपाल बाहिर रहेर अध्यान गर्नुभएका एक अब्बल व्यक्ती हुनुहुन्छ अमर ढकाल उहाँले  शैक्षिक क्षेत्रमा थुप्रै उतार चढाव भाेग्नुभयो उहाँले हिम्मत हार्नुुभएन निरन्तर शैक्षिक क्षेत्रमा लागिरहनुभयो। र निरन्तर लागिरहनुभएकाे छ ।

(निजि विद्ालय) लाईट एकाडेमी मा.बि का प्र.अ तथा संचालक अमर ढकालले भन्नुभयो,’बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे वोडिङ स्कुल हाे ।  विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्य प्रति हामी सजग छौं। हरेक दिन कक्षा शुरु हुनु भन्दा पहिला विद्यार्थीहरुलाई योग गराउने गरिएको छ ।

जसले दिनभर विद्यार्थीहरुलाई स्फुर्त राख्दछ । हरेक कक्षाकोठालाई स्मार्ट बनाइएको छ । जसबाट विद्यार्थीहरु प्रत्यक्ष हेरेर विषयवस्तुसँग सम्बन्धित कुराहरु जान्दछन् सिक्दछन् जसले सिकाइ जीवन्त हुन्छ।’

वडा खवरले सोधेको प्रश्नमा उहाँको उत्तर

कक्षाकोठालाई बालमैत्री र सिकाइ मैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?

कक्षाकोठालाई मात्रै होइन पुरा विद्यालयलाई नै हामी बालमैत्री, सिकाइमैत्री, स्वच्छ र सुन्दर वातावरणमा सजाउने प्रयास गरेका छौं । हरेक कक्षाकोठामा विद्यार्थी मैत्री उमेर अनुसारको रंगीन डेस्कबेञ्च, भित्ता र खाली ठाउँ सबैतिर विभिन्न शैक्षिक सामग्रीले कक्षा सजावट गरिएको छ ।

विद्यार्थीहरुलाई पाठ्यपुस्तक नै पल्टाएर बस्नु नपर्ने भित्ता भरी रहेको शैक्षिक सामाग्रीले कक्षाकोठामा बसौं–बसौं लाग्ने वातावरण
रहेको छ ।

विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने क्रियाकलाप गरी विद्यार्थी केन्द्रित शिक्षणमा जोड गरिएको छ।

सिकाइस्तरको अवस्था के छ ?

हामीले प्रत्यक हप्ता शनिबार कक्षा १० का विद्यार्थिलाई परिक्षा लिने गरेको छौं । साथै १ देखि ९ कक्षाका विद्यार्थिलाई पनि हप्तामा एक पटक परिक्षा लिन्छौं । यसका बावुजुत परीक्षाको नतिजालाई भन्दा व्यवहारिक सीपलाई बढी महत्व दिने गछौं ।

नतिजा पनि एकदमै राम्रो छ । त्यो भन्दापनि हाम्रो विद्यार्थीको सिकाइ र सीपको अवस्था फराकिलो र दिगो छ । विद्यालयमा स्मार्ट कक्षा सञ्चालित छ, जसले सिकाइ दिगो र प्रभावकारी बनाउने गर्छ ।

विद्यार्थी केन्द्रित सिकाइ, व्यवहारिक सिकाइलाई जोड दिएको र आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई निशुल्क कक्षा समेत सञ्चालन गरेको र हाम्रो विद्यालयले गर्ने उत्तरदायित्व सम्पुण पुरा गरेको छौं ।

त्यसैले विद्यार्थीको चौतर्फी विकास र क्षमतालाई पनि मूल्याङ्कन गर्नुपर्दछ भनेर लागिरहेका छौं । हामी विद्यालयलाई वास्तविक विद्यालय र सिकाइलाई वास्तविक सिकाइ बनाउने प्रयासमा छौं ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्र.अ.को कस्तो भूमिका रहन्छ ?

विद्यालय राम्रो बनाउन प्र.अ.को महत्वपूर्ण भूमिका रहन्छ । प्र.अ. कुशल प्रशासक, नेतृत्वकर्ता, पारदर्शिता, दुरदर्शी, समान व्यवहार गर्ने, समन्वयकारी भूमिकामा निर्वाह गर्ने हुनु पर्दछ ।

जसले आफ्नो सहकर्मी साथीहरुलाई समेटेर, टिम वर्क गरी अभिभात्वक भूमिका निर्वाह गर्नु पर्दछ । राम्रो गर्नेलाई स्याबासी र कमजोरी पक्षलाई पनि एकान्तमा राखेर बुझाउने गर्नु पर्दछ ।

सहकर्मीको पीडामा मलम लगाउने र विद्यालय हाम्रो हो र हामीले नै गर्नुपर्छ भन्ने भावना जगाउन सक्नु पर्छ ।

तसर्थ प्र.अ. एउटा अनुगमनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, सहजकर्ता र अभिभावकत्व दिलाउने व्यक्ति हुनाले एकजना प्र.अ. को भूमिका महत्वपूर्ण रहन्छ ।र सदैव लागिरहेको छु । आत्मियताका साथ अगाडि बढिरहेको छु ।

लाईट एकाडेमी मा. बि (बोर्डिङ स्कुल) नै विद्यार्थीहरु किन पढाउने ?

किनकि विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा रमाउने वातावरण रहेको छ । बालमैत्री पारिवारिक वातावरणमा शिक्षण, कक्षा कोठामा बालमैत्री डेक्स बेञ्च, शैक्षिक सामग्रीले कक्षाकोठा बसुँबसुँ पढुँपढुँ लाग्ने अवस्था छ ।

प्रविधि मैत्री शिक्षण स्मार्ट कक्षा, अंग्रेजी माध्यमबाट शिक्षण, वातावरण रमाइलो र पारिवारिक रहेको छ

हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप, विद्यार्थीहरुलाई विद्यालय बोझको रूपमा नलिई रमाई रमाई आउने वातावरण स्थापित गरिएको छ ।

स्वच्छ खानेपानी र पानी सहितको छात्र–छात्रालाई शौचालयको व्यवस्था, सरसफाईमा विशेष ध्यान पुर्याएको, सानो खेल मैदान, विद्यालयको वातावरण स्वच्छ हरियालीयुक्त छ ।

अन्य निजी विद्यालय भन्दा राम्रो शिक्षण र वातावरण भएकोले विद्यार्थीहरु यो विद्यालयमा नै पढाउनु पर्छ ।

अन्तमा भन्नुभयो, ‘अन्य निजि विद्यालय भन्दा हाम्रो विद्यालयमा सहज वतावरण सिर्जना गरेको छु । मैले एक्लै विद्यालय संञ्चालन गरेको हुुनाले पनि सहज छ । म निरन्तर रुपमा यसैमा लागेको छ । हरेक विद्यार्थिको अवस्था नजिक बाट बुझ्न पाएको छु ।

झमेला छैन मेले चाहेअनुरुप विद्यालयमा सहजै शैक्षिक क्षत्रमा परिवर्तन गर्नसक्छु । कसैको रोक छैक छाैं । र हामी निरन्तर विद्यार्थि संग जोडिएर सहज रुपमा विद्यार्थिको चाहानालाई मध्य नजरमा राखेर अगाडि बढाएको छौं ।

Facebook Comments Box

Share Icon