शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

Share Icon

२७ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थीत हेलम्बु गाउँपालिका वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ४ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

गत असार महिनाको समयमा गएको बाढी पहीरोमा परेका पिडीतहरुलाई वडाले सकेको सहयोग गर्दै विपद व्यवस्थापन सम्बन्धी समिती बनाएर आवश्यकताअनुसार कामहरु अगाढी बढाएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य लगाएत भौतीक पुर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएसँगै स्वास्थ्यको क्षेत्रमा वडामा रहेका गरीब तथा विपन्न वर्गहरुलाई एम्बुलेन्सको भाडा निशुल्क व्यवस्था गरेको र स्वास्थ्य चौकीहरुबाट गुणस्तरीय सुविधा प्रदान गर्ने योजना रहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

त्यसैगरी गाउँपालिका मार्फत शिक्षा क्षेत्रमा सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन बाह्र कक्षा सम्म दिवा खाजाको व्यवस्था गर्दे लागी परीरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै कार्यक्रम तथा तालिमहरु प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई सिलाई बुनाई, हस्ताकला तथा सिपमुलक तालिमहरु प्रदान गर्दै जनचेतनाका कार्यक्रमहरु गर्ने योजना बनाएका छाैँ ।”

उहाँ अघिल्लो कार्यकालमा सदस्य पदमा रहेको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र शिक्षा र स्वास्थ्यलाई जोड दिदैँ आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.