Share Icon

२० कात्तिक,काठमाडाैँ । कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ ।

बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो ।

साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।

कर्णाली प्रदेश जाजरकाेट  जिल्लामा अवस्थित बारेकोट गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विशाल किरण वस्नेतले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बारेकाेट गाउँपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विशाल किरण वस्नेत ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष विशाल किरण वस्नेत अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष वस्नेत भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष वस्नेतले बताउनुभयोे ।

वडा अध्यक्ष वस्नेतले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने  याेजनामा रहेकाे छ । “

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा विद्यार्थीहरूकाे संख्या बढाउनकाे लागि विशेष जाेड दिएकाे र समय समयमा विद्यालयकाे अनुगमन गर्ने कामहरू भइरहेकाे उहाँले प्रष्ट  पार्नुभयाे ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष वस्नेतले जानकारी दिनुभयो । कृषिकाे क्षेत्रमा वडाबाट विभिन्न विउ विजनहरू अनुदानमा वितरण गर्ने याेजनामा रहेकाे उहाँकाे दाबी छ ।

पछिल्लाे समय पालिकाबाट वडामा सिमित बजेट विनियाेजन भएका कारण आफुले भनेकाे जस्ताे काम गर्न नसकिएकाे वडा अध्यक्ष विशाल किरण वस्नेतले बताउनुभयाे ।

वडा अध्यक्ष विशाल किरण वस्नेतले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ? 

वडा नम्ब २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Facebook Comments Box

Share Icon