Share Icon

♠ हस्ता विष्ट
९ चैत्र, काठमाडाैँ । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेको गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ ।

यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ ।

समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३ मिनेट ४५ सेकेण्ड देखि ८१ डिग्री २० मिनेट ३० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ ।

यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५० किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल २२७.८८ वर्ग किमी रहेको छ ।

सुदुरपश्चिम प्रदेश अछाम जिल्लामा अवस्थित ढकारी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष राम बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

ढकारी गाउँपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम बहादुर थापा ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

राम बहादुर थापा वडा अध्यक्ष निर्वाचित हुनुभन्दा कृषि पेसा र राजनितिक क्षेत्रमा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

ढकारी गाउँपालिका वडा नं. ७ मा पालिकाबाट २० लाख, प्रदेशबाट ७० लाख र संघबाट ४० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष राम बहादुर थापाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, ” वडामा पहिलो बाटो, खानेपानी र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै नयाँ ट्रयाक खोल्ने कामहरु गरिरहेका छौ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयको मर्मत सम्भार गरे साथसाथै घेराबार लगाउने र भवन निमार्ण गर्ने काम भईरहेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई सामान्य आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको र गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गराईरहेका छौ । “

भौगोलिक विकटताको कारणले खानेपानीको क्षेत्रमा घर घरमा खानेपानीको धारा पुराउनको लागि नसकिएको उहाँले बताउनुभयो ।

त्यसै गरी यो वडा भौगोलिक विकटताले दुर्गम वडा रहेकोले विकास निमार्णका कामहरु गर्न कठिनाई भएको र स्रोत साधनको अभावले भने जस्तो काम गर्न नसकिएको वडा अध्यक्ष थापाको भनाई छ ।

वडा अध्यक्ष राम बहादुर थापाले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon