नमुना वडा बनाउन अहाेरात्र लागीरहेका छाै : अध्यक्ष बुढा

Share Icon

२८ बैशाख ,काठमाडाैं ।  ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ ।

उमा बहादुर बुढा २०७९ सालको स्थानिय तहको निर्वाचनमा ढकारी गाउँपालिका वडा नम्बर १ मा निर्वाचित  वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले कृषीमा आवद्ध रहनुभएका उमा बहादुर बुढा वडाका गतिबिधि निरन्तर रुपमा तिब्र गतिमा अगाडी बढाउनुभएको छ ।

चालुआर्थिक वर्षको सम्पुण बजेटबाट वडाका गतिबिधि सत प्रतिशत काम सकेको वडा अध्यक्ष बुढाले उल्लेख गनुभयो। आगामी दिनमा पनि टोलटोलमा अग्रजहरू तथा स्बाथानीयबाट सल्लाह गरेर विकास निर्माण तथा वडाका समस्यालाई लक्षित गरेर योजना तर्जमा गर्ने वडा अध्यक्ष बुढाले जानकारी गर्नुभयो।

उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडा अध्यक्ष बुढाले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं।   जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.