पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष गोपाली
♣ध्रुब कार्की
३० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ ।
पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. १ साबिक बज्रबाराही ६,७ र पालुङ १,२ गाउँ विकास समिति वडाहरु मिलेर बनेको छ । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु कुन्छाल गाँउ, बाराही चौर, गहते मोड, कुलगाँउ, कुटिप्वाकल, कोटथुम्की, ओखरबजार र झम्केश्वरी रहेका छन् ।
पछिल्लो समयमा थाहा नगरपालिका स्थित १ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हेरमान गोपाली पुनः निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि निवार्चित वडा अध्यक्ष हुनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हेरमान गोपाली, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई निरन्तरता दिदैँ नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।
थाहा नगरपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हेरमान गोपाली ।
वडा अध्यक्ष गोपालीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष गोपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
हाल वडामा असी प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरुलाई समेटेर सम्पन्न गर्नको लागि वडामा अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।
वडामा कृषि र पर्यटनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष गोपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ हामीले कृषि क्षेत्रमा बजेट विनीयोजन गरेसँगै विभिन्न कार्यक्रमहरु द्धारा वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै विभिन्न प्रविधिहरु मार्फत किसानहरुलाई उत्पादन गर्न जोड दिदैँ कृषिलाई आधुनिकीकरण बनाउने योजना बनाएका छौँ ।”
त्यसैगरी वडामा पर्यटन क्षेत्रहरुलाई प्रबर्दन गर्नका लागि होमस्टेहरु निर्माण गर्दै पर्यटन क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले लागि परिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष गोपालीले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडक तथा गोरेटो बाटोहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई ढलान तथा स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”
त्यसैगरी वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै दुई वर्ष भित्र वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष गोपालीले बताउनुभयो ।
उहाँले वडामा रहेका स्वास्थ्य भवनहरुमा आवश्यकताअनुसारको स्रोत साधनहरु जोड्दै सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष गोपालीले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका विद्यालयहरुलाई समेटेर पालिका लगाएत सरोकारवालाहरु सँग बसेर छलफल गरेर लागि परीरहेका छाैँ ।
त्यसैगरी वडामा रहेका युवा तथा महिलाहरुलाई समेटेर जनचेतना मुलक कार्यक्रमहरु प्रदान गर्दै कृषि तथा पर्यटन क्षेत्रमा पनि युवाहरुलाई जोड्ने उद्देश्यले अगाढी बढिरहेको उहाँले बताउनुभयो ।
उहाँले वडामा रहेको सुनौलो मा.वी विद्यालयलाई अर्काे स्थानमा स्थापित गरेर जिर्ण अवस्थामा रहेको विद्यालयको भवनलाई निर्माण तथा मर्मत गर्दै सुनौलो विकास केन्द्र नामाकरण गरेर विभिन्न प्राकृतीक प्रकोपहरुबाट बच्न लगाएत खेलकुद तालिम तथा बिहानी समयमा योगाहरु सञ्चालन गर्दै आएको अध्यक्ष गोपालीले जानकारी दिनुभयो ।
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष गोपालीले स्पष्ट पार्नुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि अध्यक्ष पदमा निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
१ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने र वडालाई पर्यटकमय वडा बनाउने वडा नम्बर १ का अध्यक्ष गोपालीले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।