राजापुर नगरपालिकाद्वारा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

Share Icon

सागर परियार
३० फागुन, बर्दिया । बर्दिया राजापुर नगरपालिकाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।

एक औपचारिक कार्यक्रम आयाेजना गरी नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हाे ।

कार्यक्रमका सभा अध्यक्ष राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले मुलुकमा संघीय गणतन्त्र ल्याउन सहिदहरूकाे महत्वपूर्ण याेगदान रहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’मुलुककाे लागि अतुलनीय भुमिका खेल्ने हामी सबैले आफ्नो परिवारबाट कसै न कसैको बलिदान दिएका छौँ, देश निर्माण तथा परिवर्तनको लागि दिएको बलिदानलाई हामीले सधैँ सम्मान गरेका छाैँ।’

उहाँहरुको सम्मान स्वरुप नगरपालिकाले प्रत्येक वर्ष सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्दै आएको नगरप्रमुख थारूले बताउनु भयाे ।

उहाँले ९१ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको जानकारी दिनुभयाे ।

कार्यक्रममा नगर उपप्रमुख मनकला थारु, प्रमुख प्रशाशकिय अधिकृत डिल्लिराम भट्टराई तथा विभिन्न वडाका अध्यक्षहरुको उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.