Share Icon

♠हस्ता विष्ट
८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्या रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ ।

भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका रहेको छ ।  घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान यहाका प्रमुख पर्यटकीय स्थानहरू रहेका छन् ।

मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी जातजातीहरू बसोबास गर्छन्। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी रहेका छन् । यस गाउँपालिकाले नेपालको कुल भुभागको 0.0७८८ प्रतिशत र नवलपरासी ९ ब.सु.पू . को १४.१५ प्रतिशत भूभाग ओगटेको छ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बलिङटार गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष मोहन राज पाठकले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बलिङटार गाउँपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मोहन राज पाठक ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाठक अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष पाठक भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

मोहन राज पाठक वडा अध्यक्ष निर्वाचित हुनुभन्दा व्यापार व्यवसायमा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

बलिङटार गाउँपालिका वडा नं. ६ मा वडा र पालिकाबाट १ करोड ५० लाख, प्रदेशबाट ८ करोड र बजेट विनियोजन गरिएको वडा अध्यक्ष मोहन राज पाठकले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाठकले बताउनुभयोे ।

वडा अध्यक्ष पाठकले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता खानेपानीलाई दिए साथसाथै एक घर एक धारा निमार्ण गर्ने अभियानका साथ बृहत रुपमा कामहरु अगाडि बढाईरहेको छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा यस वडामा भौलिक विकटताको कारणले स्वास्थ्य सुविधाहरुको लिन कठिनाई रहेकोले वडामै सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष पाठकले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” शिक्षाको क्षेत्रमा आधुनिक शिक्षण प्रणाली ल्याउन वडामा रहेको सबै विद्यालयमा एउटै पाठ्यक्रमहरु लागु गर्न विशेष जोड दिएको र भौगोलिक विकटताको कारणले बाटो कच्चि भएको विद्यालयसम्म गाडि मोटर जान असहज भएकोले बाटोको स्तरउन्नति गर्न विशेष जोड दिएका छौ । ”

त्यसै गरी वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिमहरुको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

कृषि प्रर्वधन गर्दै मौरी पालनलाई व्यवसायमय बनाउनको लागि मौरीको घारहरु वितरण गर्ने र विभिन्न तरकारी र अन्नबालीहरुको विउँ वितरण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

मोहन राज पाठकले वडा अध्यक्ष ले भन्नुभयो,  “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon