Share Icon

११ बैशाख ,काठमाडाैं ।    कैलाली जिल्लाको जानकी गाउँपालीका वडा नम्बर २ को दक्षिण बढरीया टोलमा बर्सेनि बर्षाको कारण ५०औ बीघाहा जमीन डुबान पर्ने गरेको छ ।

वर्षेनी आउने बर्षाले त्यहाँको ५०औ बीघाहा जमीन डुबान हुने जानकी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष चक्र बहादुर बिष्टले बताउनुभयो ।

उहाँले भन्रुभयो, ‘ बाढीबाट डुवानले हैरान भएका स्थानीयवासीले वडामा गुनासो गरेसंगै त्यहाकाे समस्याकाे कारण वडाले  उक्त ठाउँमा नाली नीकासकाे काम सुुरू गरेको छ । जसकारण यहाँका जनताले वर्षाबाट केहि हदसम्म राहतको महसुस गर्ने अपेक्षा गरेका छन्।’

थप जमिन डुबान हुने प्रबल सम्भवान रहेको साथै उक्त धानबाली नोक्सानी हुन बाट बचाउन वडा कार्यालयले नाली नीकास गरेर समस्या समाधान गर्न लागि परेको वडा अध्यक्ष बिष्टले  बताउनुभयो ।

 

 

Facebook Comments Box

Share Icon