वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष राना
२४ भदाै,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४ु९ू उत्तरी अक्षाँश देखि २८००१ु२५ू उत्तरी अक्षाँशसम्म र ८३०५८ु२।३७ू पूर्वी देशान्तर देखी ८४००९ु४९ू पूर्वी देशान्तरसम्म फैलिएको छ ।
समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्चिम लम्बाई १९।४७ कि।मि। र उत्तरदक्षिण चौडाई ११।९६ कि।मि। रहेको छ ।
नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो ।
साविकका ४ वटा गा।वि।स। हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम कृष्ण रानाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
भिमाद नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम कृष्ण राना ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष राना अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष राना निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवामा लागे साथसाथै अहिले वडामा जनता विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।
भिमाद नगरपालिका वडा नं. ४ मा नगरबाट जम्मा बजेट ७० लाख ५० हजार र प्रदेशबाट १ करोड बजेट विनियोजन गरिएको वडा अध्यक्ष राम कृष्ण रानाले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष राना निर्वाचित हुनभन्दा पहिले अमेरिका १२ वर्ष बस्दै आउनुभएको थियो र आफ्नो देशको अवस्था एकदमै नाजुक देखेर अब आफ्नो देशमा केहि गर्छु भन्ने सोच राखेर अहिले जनताको विकास र समृद्धिको लागि वडामा अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष राना भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रानाले बताउनुभयोे ।
भिमाद नगरपालिका वडा नं. ४ अरु वडा भन्दा विकासले पछि परेको वडा हो र यस वडामा सचिव पनि नभएको वडा अध्यक्ष रानाको भनाई छ ।
उहाँले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता कृषिलाई दिदै कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न कृषि सम्बन्धी तालिमहरु सञ्चालन गर्ने, विभिन्न फलफुलको विरुवाहरु वितरण गर्ने र कुन माटोमा उत्पालदन बढि हुन्छ त्यसको लागि माटो परिक्षण गर्ने योजनामा रहेको छ ।”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि यस वडामा नगरले कुनै पनि चासो नगरेको र शिक्षा सम्बन्धी कुनै काम गर्न परेपछि केहि पनि जानकारी नदिएर आफै गरेको वडा अध्यक्ष राम कृष्ण रानाले एकदमै गहिरो भनाई व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै महिला सशक्तिकरणका तालिम तथा नेतृत्व विकासका तालिमहरु प्रदान गर्ने योजनामा रहेको छ ।”
त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धाराको निमार्ण गर्ने अभियानका साथ वडाबाट बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष रानाले बताउनुभयो ।
उहाँले जोड्दै भन्नुभयो, ” वडामा रहेको बाटोको स्तरउन्नति गर्दै टोल टोलमा बाटो पुराउने, ग्राभेल गर्ने योजनाका साथ कामहरु निरन्तर अगाडि बढाईरहेका छौ । युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदहरुको लागि पनि बजेट विनियोन गरेको उहाँले बताउनुभयो ।”
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । “
वडा अध्यक्ष राम कृष्ण रानाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।