Share Icon

२४ भदाै,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४ु९ू उत्तरी अक्षाँश देखि २८००१ु२५ू उत्तरी अक्षाँशसम्म र ८३०५८ु२।३७ू पूर्वी देशान्तर देखी ८४००९ु४९ू पूर्वी देशान्तरसम्म फैलिएको छ ।

समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९।४७ कि।मि। र उत्तरदक्षिण चौडाई ११।९६ कि।मि। रहेको छ ।

नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो ।

साविकका ४ वटा गा।वि।स। हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।

लमजुङ जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. ५ का वडा पदम बहादुर थापा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो ।

भिमाद नगरपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पदम बहादुर थापा ।

भिमाद नगरपालिका वडा नं. ५ मा जम्मा बजेट नगरबाट १ करोड १० लाख, १ करोड ९३ लाख प्रदेशबाट र संघबाट १७ लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष पदम बहादुर थापाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिए साथसाथै वडामा रहेको बाटोहरुको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु भईरहेको छ । “

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना मर्मत सम्भार गर्ने योजनामा हरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” कृषिको क्षेत्रमा विशेष जोड दिदै कृषि उत्पादन बढाउनको लागि सिचाई गर्न बाथ कुलो निमार्ण गर्ने काम भईरहेको छ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने काम सम्पन्न भईसकेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य सम्बन्धी सेवाहरु दिईरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी महिलाहरु लक्षित गर्दै महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिमहरुको लागि वडाबाट बजेट विनियोजन गरेको तर के गर्ने र कहिले गर्ने भनेर फिक्स भईनसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” युवाहरुलाई लक्षित गर्दै विभिन्न खेलकुदको लागि मैदानको स्थापना गरेको र कुलतमा फसेका युवाहरुलाई जनचेतनामुलक कार्यक्रमहरुको सञ्चालन गरेका छौ ।”

वडा अध्यक्ष पदम बहादुर थापाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon