वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष गुरुङ
♥हस्ता विष्ट २१ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कर्ण बहादुर गुरुङ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । सुन्दरबजार नगरपालिका वडा नंं.१ मा पालिकाबाट ५५ लाख, प्रदेशबाट ४४ लाख जम्मा बजेट विनियोजन गरिएको…
