Share Icon

♥हस्ता विष्ट
२१ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कर्ण बहादुर गुरुङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।

सुन्दरबजार नगरपालिका वडा नंं.१ मा पालिकाबाट ५५ लाख, प्रदेशबाट ४४ लाख जम्मा बजेट विनियोजन गरिएको वडा अध्यक्ष कर्ण बहादुर गुरुङले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
उहाँले भन्नुभयो,  ” वडामा बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई आत्मनिर्भर बनाउनको लागि खेत जोत्ने टयाक्टरको वितरण गर्ने, तरकारीहरुको टनेलको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयमा बालबालिकाहरुको बस्न सहजको लागि विभिन्न फर्निचरको निमार्ण गर्ने उद्देश्य रहेको उहाँको भनाई छ ।

त्यसै गरी पिछडिएका वर्गहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमरु पञ्चेबाजा बनाउने तालिमहरु प्रदान गर्ने योजनामा राखेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गरेर वडाबासीहरुलाई सहजै पानी खुवाउनको खानेपानीको क्षेत्रमा बृहत रुपमा काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी युवाहरुलाई लक्षित गर्दै खेलकुद मैदानको निमार्ण गरेर फुटबल खेल सम्पन्न गरिसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon