Share Icon

♦सागर परियार

३ फागुन ,राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा न ६ ले  वडामा बालबिबाह न्यूनीकरण कार्यक्रम संचालित गरेको छ ।

वडा अध्यक्ष असराज न्याैपानेले भन्नुभयाे, ‘बालबिबाह न्यूनीकरण कार्यक्रम २ हप्ता देखि नै सन्चालन गर्दै आएको छाैं  । हामी कार्यक्रमकाे अन्तिम चरणमा पुगेकाे अब भने टपरा बजारमा मात्र  बालबिबाह न्यूनीकरण कार्यक्रम संचालन गर्न बाँकी रहेकाे छ । ‘

अध्यक्ष न्याैपानेले थप्दै भन्नुभयाे, ‘कार्यक्रमको मुख्य उद्देश बालबिबाह लाई कसरी हुन्छ कम गर्ने बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हन्छ । बालबिबाह न्यूनीकरण कार्यक्रम हाम्राे वडामा हुने  बालबिबाह कम हुने आशा हामीले गरेका छाै ।’।

बाल विवाह, बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्रै होइन, विकास र समृद्धिको बाधक हो । तसर्थ यसको उन्मुलन गर्नुपर्ने हुन्छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ । स्थानीयबासीले चाहेमा हाम्रो वडामा यो संभव छ । अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्छ  अध्यक्ष न्याैपानेले बताउनुभयाे ।

२ हप्ता देखि सो कार्यक्रम  वडामा चलाउदै आएको अध्यक्ष न्याैपाने जानकारी दिनुभयाे ।

कार्यक्रममा स्थानीय बासिन्दा, अभिभावक,बडघर,सुरक्षाकर्मि सबैले आफुलाइ   सहयोग गर्दै आएको अध्यक्ष न्याैपानेले बताउनु भएको छ ।

वडा अध्यक्ष असराज न्यौपानेका अनुसार आफुले आफ्नो वडा मा रहेका सम्र्पुण टोलमा बालबिबाह न्यूनीकरण  कार्यक्रम गरिरहेकाे जानकारी दिनुभयाे ।

 

Facebook Comments Box

Share Icon