Share Icon

३० असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचूर सम्भावनाले भरिएको गाउँपालिका हो।

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्धिकाे आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरि लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर , विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको छन् ।

गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेको छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।

उमाकुण्ड गाउँपालिका-५ का वडा अध्यक्ष कुल बहादुर बस्नेतले ५ वर्षभित्रमा सिंचाइ, विकासका पूर्वाधार र खानेपानीकाे याेजनाकाे काम सम्पन्न गर्ने बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । हाल यस वडावासीलाई सामूहिक धाराबाट खानेपानीकाे वितरण भइरहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ ।

वर्षाका कारण बिग्रिएका सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे उहाँकाे भनाइ छ। साथै सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ । वडाकाे तर्फबाट कृषकलाई फलफूल, किवी र आलुकाे बीउ वितरण गरिएकाे पनि उहाँले बताउनुभएकाे हाे । साथै कृषि क्षेत्रलाई विशेष जाेड दिइएकाे पनि उहाँकाे तर्क छ।

यस वडामा पर्यटन क्षेत्रकाे सम्भावना प्रशस्तै मात्रमा रहेकाे बताउँदै उहाँले बजेटकाे अभावका कारण अघि बढाउन नसकिएकाे पनि जानकारी गराउनुभयाे । पालिकाले पर्यटन सम्बन्धी गुरू याेजना तयार गरिसकेकाे पनि उहाँकाे भनाइ छ। विद्युतकाे केन्द्रीय लाइनकाे विस्तारकाे काम यसै वर्षभित्र सम्पन्न् हुने पनि उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री राेजगार कार्यक्रम संचालन भइरहेकाे बताउँदै उहाँले भलिबल कार्यक्रममा ५ लाख रूपैयाँ बजेट विनियाेजन गरिएकाे पनि जानकारी गराउनुभयाे । वैदेशिक राेजगारीमा जानबाट युवा वर्गलाई राेक्नका लागि पनि पहल भइरहेकाे उहाँले बताउनुभएकाे छ ।

त्यस्तै, फरक प्रसंगमा उहाँले सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे पनि बताउनुभयाे । विद्यालय शैक्षिक दरबन्दीकाे अभाव भएकाे र विद्यार्थीहरूकाे संख्या न्यून रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। साथै हाल विद्यालयमा करार शिक्षकबाट समस्याकाे समाधान भइरहेकाे पनि उहाँकाे भनाइ छ। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

आफ्नाे वडाकाे कामप्रति सेवाग्राहीहरू सन्तुष्टि रहेकाे पनि उहाँकाे दावी छ । आर्थिक र सामाजिक विकास भएमा मात्र विकास निर्माणले गति लिने उहाँकाे तर्क छ । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे ।

नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभएकाे छ । साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ४२ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे ।

अन्त्यमा पहिलाे कार्यकाल सन्ताेषजनक रूपमा नै सम्पन्न गरेकाे बताउँदै दाेस्राे कार्यकाल पनि निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता सबै पूरा गर्ने अध्यक्ष बस्नेतकाे दावी छ ।

Facebook Comments Box

Share Icon