वडा खबर सम्वाददाता

3071 Posts
संसदकाे चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य हुने

संसदकाे चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य हुने

१६ कार्तिक,काठमाडौं। सरकारले बिहीबार मध्य रातिबाट संसदकाे चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्काे बैठकले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले बताउनुभएकाे हाे। मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेकाे छ।
Read More
सर्वोच्चले ढकालको कैद मिनाहा विरूद्धको मुद्दामा आज फैसला सुनाउने

सर्वोच्चले ढकालको कैद मिनाहा विरूद्धको मुद्दामा आज फैसला सुनाउने

१६ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतलले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा बिहीबार फैसला सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधबार बहस सकिएपछि बिहीबारका लागि निसु तोकेको हो । व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले गत असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पूर्ण इजलासमा निरन्तर सुनुवाई गरी मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो । असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाईपछि हेर्न…
Read More
बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ: मन्त्री भुसाल

बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ: मन्त्री भुसाल

१४ कार्तिक, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले बीउ विजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बीउ विजनसम्बन्धी नियमावली छिटाे बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताउनुभयो । मन्त्री भुसालले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्‍याइएको बताउनुभयो । उहाँले बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले सरकार आफ्नो उत्पादनको…
Read More
विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे

विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे

१४ कार्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागारसुन्धाराको विद्युतकाे लाइन काटिदिएको छ । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले बिजुलीको लाइन काटिदिएका हुन् । कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार कारागार जस्तो संवेदनशील ठाउँ बिजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ । ‘स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्यो भन्दा धेरै तिर्नलाई बजेट पनि थिएन। ‘यस्तोमा प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको छ ।’केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी रहेका छन् ।…
Read More
संसदलाई सम्बोधन गर्नुअघि गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट्ने

संसदलाई सम्बोधन गर्नुअघि गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट्ने

१४ कार्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नुहुने भएकाे छ। मंगलबार दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेसले अध्यक्ष तिमिल्सिनासँग भेट गर्नुहुने भएकाे हाे ।अध्यक्ष तिमिल्सनाको सचिवालयका अनुसार गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेट गर्ने कार्यक्रम रहेको छ । ३ दिने औपचारिक नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्नुहुने भएकाे हाे । गुटेरेसले सम्बोधन गर्ने भएकोले मंगलबारको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ । आइतबार…
Read More
जनताका ९० प्रतिशत माग ५ वर्षमा पूरा गर्नेछुः वडा अध्यक्ष शाही

जनताका ९० प्रतिशत माग ५ वर्षमा पूरा गर्नेछुः वडा अध्यक्ष शाही

१४ कार्तिक,काठमाडौं। नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनु भन्दा पहिला स्थानीय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाँडा, वडागाउँ र जिमाली गाविस मिली कुमाख गाउँपालिका मिति २०७३/०६/०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३/११/२७ गते नेपाल अधिराज्य भरी ७ सय ५३ वटा स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भएकाे थियाे । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्ये १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ। साथै बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ ।…
Read More
बजेट अभावले विकास निर्माणका याेजना सम्पन्न गर्न कठिनः वडा अध्यक्ष खत्री

बजेट अभावले विकास निर्माणका याेजना सम्पन्न गर्न कठिनः वडा अध्यक्ष खत्री

१४ कार्तिक,काठमाडौं। दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका  ढाकाडाम, भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गाविसलाई समावेश गरी स्थापना भएको हो । यस पालिकाको कुल क्षेत्रफल  ८१.४६ वर्ग किलो मिटरमा फैलिएको हाे । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका, उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको  बागचौर नगरपालिका पर्दछ । दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखि २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखि १०९७  देखि २४८७ मिटरसम्मको  उचाइमा अवस्थित  छ । सल्यान जिल्लाको दार्मा…
Read More
जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकन गर्नका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिनुभएकाे छ। नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेर महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ । हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्। जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि युएईमा हुँदैछ । यहि रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने उहाँले बताउनुभयाे । हिउँ नभएपछि नदी…
Read More
देशभरकाे माैसम आज सामान्यतया सफा रहने

देशभरकाे माैसम आज सामान्यतया सफा रहने

१४ कार्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने देशभर आंशिक बदली हुने भएकाे छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
Read More
आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

१४ कार्तिक, काठमाडौं ।आइसीसी टी–२० विश्वकप क्रिकेटको छनाेट खेलमा मंगलबार नेपालले मलेसियाको सामना गर्ने भएकाे छ। खेल मंगलबार दिउँसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुने भएकाे हाे । मंगलबारका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्ने छन् । साेमबारको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल मंगलबार लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । मंगलबारको जितसँगै नेपालले समूहमा अग्रता लिएको छ । समूह ‘ए’ मा नेपाल र ओमानको दुई-दुई अंक छ भने मलेसिया र सिंगापुर अंकविहीन भएका छन् । विश्वकप छनाेटको समूह बीमा हङकङ र युएईले आफ्नो पहिलो खेल जितेका…
Read More
Page 1 of 308
1 2 3 … 308
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.