आइसीसी विश्वकप क्रिकेट

आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

१४ कार्तिक, काठमाडौं ।आइसीसी टी–२० विश्वकप क्रिकेटको छनाेट खेलमा मंगलबार नेपालले मलेसियाको सामना गर्ने भएकाे छ। खेल मंगलबार दिउँसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुने भएकाे हाे । मंगलबारका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्ने छन् । साेमबारको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल मंगलबार लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । मंगलबारको जितसँगै नेपालले समूहमा अग्रता लिएको छ । समूह ‘ए’ मा नेपाल र ओमानको दुई-दुई अंक छ भने मलेसिया र सिंगापुर अंकविहीन भएका छन् । विश्वकप छनाेटको समूह बीमा हङकङ र युएईले आफ्नो पहिलो खेल जितेका…
Read More
आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड पराजित

आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड पराजित

१० कार्तिक,काठमाडौं। भारतमा जारी आइसीसी विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बिहिबार भारतको बेंगलोरस्थित केएम.चिन्नास्वामी रंगशालामा भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । यसले श्रीलंकाको सेमिफाइनल प्रवेशको आफ्नो झिनो सम्भावनालाई जीवित राखेको छ । इंग्ल्याण्डको सम्भावना लगभग समाप्त हुने संघारमा पुगेको छ । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा १ सय ५६ रनसम्म मात्र बनाएको थियो। जवाफमा श्रीलंकाले २५.४ ओभरमा दुई विकेट गुमाएर १ सय ६० रन बनाएकाे थियाे ।
Read More
आइसीसी विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

आइसीसी विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

३ कार्तिक, काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेकाे छ । भारतको पुनेमा बिहिबार राति अबेर सम्पन्न भएको दुई देशबीचको खेलमा भारतले बंगलादेशलाई पराजित गरेकाे हो । भारतको जितमा विराट कोहलीले शतकीय इनिङ्स खेलेर कीर्तिमान कायम गरेका हुन् । बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा विराटले अविजित १ सय ३ रनको शतकीय इनिङ्स खेलेकाे थिए । उनले ६ चौका र ४ छक्काको मदतले सो रन खडा गरेका हुन् । भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुरूवाती ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा…
Read More
आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान पराजित

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान पराजित

२ कार्तिक, काठमाडौं । भारतमा जारी एकदिवसीय आइसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जित हात पारेको छ । बुधबार राति अबेर सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे । चेन्नइस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा सुरुवाती व्याटिङ गरेको न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए। अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.