आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

Share Icon

१४ कार्तिक, काठमाडौं ।आइसीसी टी–२० विश्वकप क्रिकेटको छनाेट खेलमा मंगलबार नेपालले मलेसियाको सामना गर्ने भएकाे छ।

खेल मंगलबार दिउँसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुने भएकाे हाे । मंगलबारका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्ने छन् ।

साेमबारको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल मंगलबार लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । मंगलबारको जितसँगै नेपालले समूहमा अग्रता लिएको छ । समूह ‘ए’ मा नेपाल र ओमानको दुई-दुई अंक छ भने मलेसिया र सिंगापुर अंकविहीन भएका छन् ।

विश्वकप छनाेटको समूह बीमा हङकङ र युएईले आफ्नो पहिलो खेल जितेका छन् । पहिलो दिनको खेलमा हङकङले कुवेतलाई १६ रनले पराजित गर्दा युएईले बहराइनमाथि ५ विकेटको जित निकालेकाे थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.