पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन

Share Icon

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १६ का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । कार्यबाहक वडा अध्यक्ष महर्जन वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।

महर्जन नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।

गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि वडावासी खुसी देखिएका छन्। उज्यालाे वडा बनाउन प्रत्येक पाेलमा बत्तीकाे व्यवस्था गर्ने काम भइरहेकाे छ ।

वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।

त्यसमा पनि वडा कार्यालय वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । त्यस्तै वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा कार्यबाहक वडा अध्यक्ष महर्जनसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:

वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?

हामीलाई काठमाडाैं महानगरपालिकाबाट जसरी वार्षिक बजेट आउँछ, साेही अनुसार कामहरू अगाडि बढाउँछाैँ । र यसपालि गर्ने याेजनाहरू के के हुन् भनेर हामी लेखेर पठाइ सकेका छाैँ ।  र त्यहाँ छनाेट भएका याेजनाहरूलाई नै अगाडि बढाउन पाउँछाैँ । हामीलाई महानगरबाट वार्षिक १० कराेड बजेट आउछ । साेहीमा टेकेर विकास निर्माणका याेजनाहरू अगाडि बढाउछाैँ । महानगरबाट नै स्वीकृत भएका याेजनाहरू लागू गर्छाैँ ।

अहिले हामीले गुणस्तर फाँटमा सडक पीच गर्ने याेजना थियाैँ तर त्यहाँ ढल नभएकाेले वडाबाट ढल निर्माण गर्ने काम भइरहेकाे छ । र सामुदायिक भवनहरू पुन:निर्माण भइरहेकाे छ । पकनाेजलकाे ढुंगेधाराकाे पनि निर्माण भइरहेकाे छ । पूर्वाधार विकासमा धमाधाम काम भइरहेकाे छ ।

निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?

म २०७४ मा पनि निर्वाचित भएकाे थिए र अहिले २०७९ पनि निर्वाचित भएकाे छु । २०७४ मा निर्वाचित भएदेखि अहिलेसम्म हाम्राे घाेषणा पत्रमा रहेकाे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बत्ती लगायतकाे क्षेत्रकाे विकास भएकाे छ। २०७४ देखि अहिलेसम्म वडाकाे लगभग ६५/७० प्रतिशत विकास निर्माणका काम सम्पन्न गरिसकेका छाैँ । त्यस्तै भित्रि बाटाेमा पनि ब्लक बिछ्याैनुका साथै ढलान गर्ने काम पनि सम्पन्न भइसकेकाे छ ।

वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?

केन्द्र सरकारले सांसद विकास काेषकाे जुन बजेट कटाैती गरेकाे छ, त्यसले अहिले केन्द्रबाट आएकाे छैन । केही छिटपुट साना-साना याेजनाहरू प्रदेश सरकारबाट आएकाे छ ।  प्रदेश सरकारबाट आएका याेजनाहरू ढल, ब्लक बिछ्याउने, ढुंगेधारा निर्माण र मठ मन्दिर निर्माण लगायतका छन् ।

वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?

वडाकाे विकास गर्न सम्भावना धेरै छन्, त्यसका साथ साथै चुनाैतीहरू पनि छन् । हामीले चुनाैतीकाे सामना गरिरहेका छाैँ । विकास गर्ने क्रममा चुनाैती पक्कै पनि आउँछ । साेही क्रममा सडक बत्ती नै हाम्राे लागि चुनाैतीकाे विषय बनेकाे छ । र सीसी क्यामरा पनि जडान गर्न अहिलेकाे लागि चुनाैतीकाे विषय छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.