Share Icon

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १६ का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । कार्यबाहक वडा अध्यक्ष महर्जन वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।

महर्जन नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।

गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि वडावासी खुसी देखिएका छन्। उज्यालाे वडा बनाउन प्रत्येक पाेलमा बत्तीकाे व्यवस्था गर्ने काम भइरहेकाे छ ।

वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।

त्यसमा पनि वडा कार्यालय वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । त्यस्तै वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा कार्यबाहक वडा अध्यक्ष महर्जनसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:

वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?

हामीलाई काठमाडाैं महानगरपालिकाबाट जसरी वार्षिक बजेट आउँछ, साेही अनुसार कामहरू अगाडि बढाउँछाैँ । र यसपालि गर्ने याेजनाहरू के के हुन् भनेर हामी लेखेर पठाइ सकेका छाैँ ।  र त्यहाँ छनाेट भएका याेजनाहरूलाई नै अगाडि बढाउन पाउँछाैँ । हामीलाई महानगरबाट वार्षिक १० कराेड बजेट आउछ । साेहीमा टेकेर विकास निर्माणका याेजनाहरू अगाडि बढाउछाैँ । महानगरबाट नै स्वीकृत भएका याेजनाहरू लागू गर्छाैँ ।

अहिले हामीले गुणस्तर फाँटमा सडक पीच गर्ने याेजना थियाैँ तर त्यहाँ ढल नभएकाेले वडाबाट ढल निर्माण गर्ने काम भइरहेकाे छ । र सामुदायिक भवनहरू पुन:निर्माण भइरहेकाे छ । पकनाेजलकाे ढुंगेधाराकाे पनि निर्माण भइरहेकाे छ । पूर्वाधार विकासमा धमाधाम काम भइरहेकाे छ ।

निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?

म २०७४ मा पनि निर्वाचित भएकाे थिए र अहिले २०७९ पनि निर्वाचित भएकाे छु । २०७४ मा निर्वाचित भएदेखि अहिलेसम्म हाम्राे घाेषणा पत्रमा रहेकाे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बत्ती लगायतकाे क्षेत्रकाे विकास भएकाे छ। २०७४ देखि अहिलेसम्म वडाकाे लगभग ६५/७० प्रतिशत विकास निर्माणका काम सम्पन्न गरिसकेका छाैँ । त्यस्तै भित्रि बाटाेमा पनि ब्लक बिछ्याैनुका साथै ढलान गर्ने काम पनि सम्पन्न भइसकेकाे छ ।

वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?

केन्द्र सरकारले सांसद विकास काेषकाे जुन बजेट कटाैती गरेकाे छ, त्यसले अहिले केन्द्रबाट आएकाे छैन । केही छिटपुट साना-साना याेजनाहरू प्रदेश सरकारबाट आएकाे छ ।  प्रदेश सरकारबाट आएका याेजनाहरू ढल, ब्लक बिछ्याउने, ढुंगेधारा निर्माण र मठ मन्दिर निर्माण लगायतका छन् ।

वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?

वडाकाे विकास गर्न सम्भावना धेरै छन्, त्यसका साथ साथै चुनाैतीहरू पनि छन् । हामीले चुनाैतीकाे सामना गरिरहेका छाैँ । विकास गर्ने क्रममा चुनाैती पक्कै पनि आउँछ । साेही क्रममा सडक बत्ती नै हाम्राे लागि चुनाैतीकाे विषय बनेकाे छ । र सीसी क्यामरा पनि जडान गर्न अहिलेकाे लागि चुनाैतीकाे विषय छ ।

Facebook Comments Box

Share Icon