Share Icon

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले ६१ किलो सुन तस्करी गरेको अभियोगमा २९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको पा“च दिनपछि कार्यालयले जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो । सीआईबीले सो प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि कार्यालय काठमाडौंले २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार प्रतिवादी बनाइएकामध्ये ३ जना फरार रहेका छन् ।

सीआईबीले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनिया“ नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेको थियो । सरकारी वकिलको कार्यालयले यो प्रकरणमा पक्राउ परेकामध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय गरेको छ ।

सीआईबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । अन्य भन्सार एजेन्ट र कर्मचारीलाई मुद्दा चलाउने तर क्यान्सर रोगी भएकै कारण उनलाई मुद्दा नचलाउ“दा राम्रो सन्देश नजाने भन्दै रुक्मिनालाई पनि मुद्दा चलाउने निर्णय गरेको बताइएको छ ।

 

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon