Share Icon

काठमाडौं । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको हत्या काण्डमा संलग्न रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त हत्या काण्डका एकमात्र आरोपित सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । पक्राउ परेका भण्डारी बोल्न सक्दैनन् । उनी जन्मजात बहिरा हुन् । शुक्रबार मध्यरातमा उक्त घटना भएपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा अनुसन्धान गर्न समिति गठन गर्नुभएको थियो ।

सोही समितिले अनुसन्धान गर्ने क्रममा भण्डारीलाई सीसीटिभी फुटेजको सहयोगमा पक्राउ गरेको एसएसपी राठौरले बताउनुभयो । चार जनाको हत्या गरेपछि घटनास्थलबाट भागेर पेप्सिकोलास्थित दिदीको घरमा पुगेर भण्डारी सुतेका थिए । उनले रिसिइवीका कारण ४ जनाको हत्या गर्न पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

हत्यामा संलग्न भण्डारीले पत्रकार सम्मेलनमा प्रहरीलाई सांकेतिक भाषामा ‘म कतिखेर घर जान पाउँछु, फोटो किन खिचेको’ भनेर पटक–पटक प्रतिवाद गर्न खोजेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon