सोसल मिडियाको कुलत

Share Icon

काठमाडौं । सोसल मिडिया समाजको एक अभिन्न र महत्त्वपूर्ण अंग बनेको छ।

सोसल मिडियाका कारण नै सारा संसार मानिसको घर–घरमा, हात–हातमा पुगेको छ। सूचना आदान–प्रदान गर्न, मनोरञ्नात्मक कार्यक्रम हेर्न तथा खेल्न, ज्ञानगुन र सिपका कुरा प्रस्तुत गर्न तथा सिक्न सोसल मिडिया वरदान साबित भएको छ। सोसल मिडियाका कारण नै आफन्त तथा साथीसंगीसँग सिधा सम्पर्क गर्न सजिलो भएको छ।

सोसल मिडियामार्फत निःशुल्क र तुरुन्त सन्देश, फोटो तथा भिडियो आदान–प्रदान गर्न सकिन्छ। ‘फेस टु फेस’ कुराकानी गर्न सकिन्छ। सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम पनि हो। त्यसैले हिजो आज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारका विरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ। सोसल मिडियाका कारण सामाजिक मुद्दालाई आममानिससम्म पुराउन सकिन्छ।

डा. गोविन्द केसीको आन्दोलन होस् वा निर्मला पन्तको हत्या प्रकरण होस्, सशक्त बनाउन सोसल मिडियाको भूमिका महत्त्वपूर्ण रहेको सर्वविदितै छ। नागरिकलाई राजनीतिकरूपमा जागरूक बनाउन पनि सोसाल मिडियाले महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.