५ का वडा अध्यक्ष जित

Share Icon

धनकुटा जिल्लास्थित धनकुटा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जित बहादुर लिम्बु बहुमत ल्याएर वडा अधयक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँ वडा अध्यक्षमा निर्वाचित भएर आएपछि वडा नम्बर ५ मा विकास निमार्णका कामहरुले गतिले लिएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष लिम्बुले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘वडा बासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैँ। अहिले साेही याेजनाहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले अघि बढिरहेका छन् ।’

वडा अध्यक्ष लिम्बुले खानेपानी याेजनालाई पनि विशेष ध्यान दिनु भएकाे छ ।

कृषि क्षेत्रलाई जोड दिँदै सिँचाईको लागि कुलो निमार्णको कामहरु भइरहेकाे उहाँले बताउनु भयाे ।

त्यसैगरी उहाँले कृषिलाई व्यावसायीकरण गर्ने उद्देश्यका साथ विभिन्न याेजनाहरु पनि अगाडि बढाइएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘वडामा सांस्कृतिक क्षेत्रलाई जोगाउनका लागि विभिन्न जातजातिहरुकाे पर्वलाई हामी विशेष विशेष ध्यान दिइरहेका छाैं।’

त्यस्तै उहाँले आउँदै गरेको नारी दिवसको लागि पनि विभिन्न कार्यक्रम गर्न बजेट छुट्याइएकाे बताउनु भयाे ।

महिला तथा युवाहरु लक्षित गरी निकट भविष्यमा विभिन्न किसिमका सिपमुलक तालिम सञ्चालन गर्ने याेजना रहेकाे बताउनु भयाे ।

त्यसैगरी उहाँले सबैकाे घर–घरमा धारा पुर्‍याउने वडाले लक्ष्य लिएकाे उहाँले जानकारी दिनु भयाे ।

वडाकाे शैक्षिक स्तर सुधारकाे लागि वडा कार्यालयले विभिन्न निकायसँग समन्वय भइरहेकाे बताउनु भयाे ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिने छैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि म सदैब लागि परिरहने छु

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.