Share Icon

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन्।

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री खानले सबैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए ।

उनले स्वच्छ खानेपानीको अभावले लाखौं मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परीक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने धारणा राखे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ ।

मन्त्री खानले नीतिगतदेखि राजनीतिक अवरोधहरूको रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिए।

पुष ११ गते जनमत पार्टीबाट विनाविभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए। तर, पूर्वसहमति अनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उनले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न मानेका थिएनन्।

Facebook Comments Box

Share Icon