वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौँः अध्यक्ष राई
१२ फागुन, काठमाडाैँ । नेपालको प्रदेश नम्बर १ स्थित सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम गठन भएको हो । साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो । चिचिला गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा पुर्ण कुमार राई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय चिचिला गाउँपालिका स्थित १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा…
