स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष ढकाल
२९ जेठ, काठमाडौं । कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो । १० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३।४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ । नेपालमा संघीयताको अभ्यास भइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ। पुनर्वास नगरपालिका वडा नम्बर ४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ। समाज सेवा तथा व्यवसायमा आवद्ध रहेका…
