वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा
१० माघ, काठमाडाैं । गाेरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कर्वा छेवाङ लामाले बताउनुभयो । उहाँले सर्वप्रथम स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा सबै नागरिकको राष्ट्यि परिचय पत्र बनाउने काम सम्पन्न गरेको जानकारी दिनुभयो । त्यस्तै पौष महिनामा वडामा हिउँदे अधिवेशन सम्पन्न भएको छ । त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका छन । विभिन्न कारणले वडामा कामहरु सम्पन्न गर्न…
