वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा
१० माघ, काठमाडाैं । गाेरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कर्वा छेवाङ लामाले बताउनुभयो । उहाँले सर्वप्रथम स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा सबै नागरिकको राष्ट्यि परिचय पत्र बनाउने काम सम्पन्न गरेको जानकारी दिनुभयो ।
त्यस्तै पौष महिनामा वडामा हिउँदे अधिवेशन सम्पन्न भएको छ । त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका छन ।
विभिन्न कारणले वडामा कामहरु सम्पन्न गर्न नसकिएको वडा अध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो , आफुले कुरा गर्नु भन्दा पहिले काम गरेर देखाउने अठोट महिले गरेको छु । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।
आफनो कार्यकालसम्म यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गरेको छु । वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन,उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानु हुन्छ । वडा नम्बर १ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।