Share Icon

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम कुमार के.सी. स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष के.सी. वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।

के.सी. नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।

गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि वडावासी खुसी देखिएका छन्। वडा कार्यालयले वडाकाे ५० प्रतिशत अतिक्रमित जग्गा फिर्ता ल्याइसकेका छाैँ भने बाँकी जग्गा फिर्ता ल्याउने क्रममा रहेकाे छ ।

वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।

त्यसमा पनि वडा कार्यालय वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । त्यस्तै वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा वडा अध्यक्ष के.सी.सँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:

वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?

सबैभन्दा पहिला वडामा शिक्षा, स्वास्थ्य र बाटाेघाटाे निर्माणमा प्रगाति हुँदा वडाकाे मुहार त्यसै नै फेरिन्छ । त्यस्तै बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र असाहयकाे उत्थानमा विशेष प्राथामिकता दिएका छाैँ । वडाकाे विकासका लागि हामी निरन्तर रूपमा काम गरिरहेका छाैँ । वडाको मुहार फेर्ने विकासका आधार भनेकाे शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, पूर्वाधार निर्माण र सरसफाइ हाे, जसमा वडा कार्यालयले द्रुत गतिमा काम गरिरहेकाे छ ।

निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?

याे मेराे दाेस्राे कार्याकाल हाे, पहिलाे कार्याकालमा जुन हामीले निर्वाचनकाे बेला प्रतिबद्धता गरेकाे थियाैँ, त्यसमा हामीले ९९ प्रतिशत काम गर्न सफल भयाैँ । र हामीले दाेस्राे पटक निर्वाचन लड्ने बेला जुन प्रतिबद्धता गरेका थियाैँ, त्याे अनुसार धमाधाम काम भइरहेकाे छ । विगतका वर्षहरूमा हाम्राे वडा उत्कृष्ट भएकाे थियाै र गत आर्थिक वर्षमा हाम्राे वडा उत्कृष्ट भएकाे थियाे । र विकासकाे क्रममा हामीले जहिले पनि के भन्ने गरेका छाै भने नेपालकाे राजधानी काठमाडाैं, काठमाडाैंकाे राजधानी १० नम्बर वडा र यसमा बसाेबास गर्ने क्लब, संघ-संस्थादेखि लिएर सम्पूर्णकाे सहयाेगमा यसपाली पनि हामी उत्कृष्ट वडा हुने अभिायनका साथ काम गरिरहेका छाैँ ।

वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?

केन्द्र र प्रदेश सरकारबाट विकासका लागि बजेटहरू आइरहेकाे छ । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, पूर्वाधार निर्माण र सरसफाइमा पनि केन्द्र र प्रदेश सरकारबाट याेजनाहरू आइरहेका छन् । हाम्राे प्रदेशकाे माननीय दिपेन्द्र श्रेष्ठ ज्यु र संघकाे मनानीय प्रकाशमान सिंह ज्युकाे पहलमा वडामा केन्द्र र प्रदेश सरकारबाट याेजनाहरू आउँछ।

वडामा सञ्चालित नयाँ र पुराना याेजनाहरू के-के छन् ?

नयाँ याेजना भनेकाे सबैभन्दा पहिला ढलहरू ठाउँ-ठाउँमा फेर्नु पर्ने स्थिति आएकाे छ । पहिला वडामा थाेरै जनसंख्य थियाे अहिले धेरै जनसंख्या छ, त्यसैले याेजनाहरू पनि थपिएका छन् । र हाम्राे वडामा तीन वटा पिच भयाे भने लगभग विकास निर्माणकाे काम तत्कालकाे लागि सकिन्छ ।

वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?

वडाकाे सम्भावना भनेकाे वडा-वडा विकास भइसकेपछि महानगरकाे विकास हुने हाे, महानगरकाे विकास भएपछि देशकाे विकास हुने हाे । त्यसमा पनि हाम्राे जस्ताे शिक्षित वडाकाे ठाउँमा जुन बाटाेघाटाे अलि मिच्ने काम भएकाे छ, त्यसलाई फिर्ता ल्याउने काम चुनाैतीकाे विषय बनेकाे छ। यस्ताे चुनाैतीका बावजुद पनि हामी वडाकाे ५० प्रतिशत अतिक्रमित जग्गा फिर्ता ल्याइसकेका छाैँ, बाँकी जग्गा फिर्ता ल्याउने क्रममा छाैँ ।

Facebook Comments Box

Share Icon