Share Icon

१८ जेठ, काठमाडाैं । नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो ।

डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस अमरगढी नगरपालिका ११ वटा वडा कायम गरिएको छ।

अमरगढी नगरपालिका वडा नम्बर ११ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ११ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष धर्म सिँ धानुकले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेटबाट वडामा ९५ प्रतिशत काम सम्पन्न गरेको बाँकी वडाका काम तिब्र गतिमा हुदै छन् वडा अध्यक्ष धानुकले उल्लेख गर्नुभयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष धर्म सिँ धानुकले बताउनुभयो ।

 वडालाई समृद्ध बनाउने लक्ष्यका साथ विकास निमार्णका कामहरू भइरहेको वडा अध्यक्ष धानुकले बताउनुभयो ।

बासगढी नगरपालिका वडा नं. ११ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडा अध्यक्ष धानुकले अहोरात्र खटिरहनु भएको छ । त्यस्तै यस वडामा खानेपानि र कृषाीमा निकै समस्या रहेको र उक्त समस्या समाधानको लागि पहल गरिएको उहाँले बताउनुभयो ।

उहाँले यस वडालाई कृषिमा पहिलो प्राथमिकता दिएको र वडालाई कृषि आधुनिकिकरण बनाउने लक्ष्य राखेको वडा अध्यक्ष धानुकले बताउनुभयो ।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ रु के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं ।

प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ११ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडि विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

अन्तमा म पुनः के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर वडा निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला । कमि—कमजोरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्यबाद

Facebook Comments Box

Share Icon