नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ
१५ भदाै,काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा कालिकाकोटको ९१,२,९० वडाहरू, पेलाकोटको ९५,६० वडाहरू स्वरेकको ९२(४,८० वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा…
