नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ

Share Icon

१५ भदाै,काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो ।

वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा  कालिकाकोटको ९१,२,९० वडाहरू, पेलाकोटको ९५,६० वडाहरू स्वरेकको ९२(४,८० वडाहरूलाई समेटिएको छ।

वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ ।

पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

वालिङ नगरपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ ।

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा अध्यक्ष  श्रेष्ठले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.