Share Icon

२८ जेठ, काठमाडाैं ।   श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्।
कैलालीको धनगढीमा एक नेताले अर्काकी श्रीमती लगेर फरार भएपछि‘

धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन् । कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्।
बिज्ञापन

२०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेश ९विपी० बाट कैलाली क्षेत्र नम्बर ५ को ९२० बाट उम्मेदवार भएका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर गएका हुन्।श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका चार सन्तानको बिचल्ली भएको गुनासो गरेका छन्। उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्।

यसअघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभाको अधिकृत रहेको नक्कली परिचयपत्र बनाएर धेरै युवतिलाई जालमा पार्ने गरेको खुलेको छ। उनले त्यो परिचय पत्र देखाएर महिला तथा युवतीहरूलाई झुक्याउने गरेको बताइएको छ।

उनी हाल भारतमा छन् । अश्लील भिडियो खिचेर आफन्तलाई पठाउने र अनावश्यक दुःख दिने गरेको पिडितहरुले बताएका छन्। दैलेख घर भएकी गङ्गा क्षेत्री दुई सन्तान छोडेर खैरसँग भागेको जानकी खैरले बताइन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा खैर विरुद्ध यसअघि पनि मुद्दा परेको बताइएको छ ।

Facebook Comments Box

Share Icon