कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने – चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ

Share Icon

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सत्ता गठबन्धन नेताहरूको सुझावको आधारमा अघि बढ्ने बताएका छन्।

कांग्रेस महासमिति बैठक समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख विश्वकर्माले यस्तो बताएका हुन् ।

विश्वकर्माले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धनमा पाँच बर्षको शर्तको साथ बनाएको हुनाले थप इमान्दार हुँदै निरन्तरता दिने भन्ने परेको छ । बाहिर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।’

प्रचार विभाग प्रमुख विश्वकर्माले गठबन्धन चुनावअघि गर्ने कि पछि भन्ने बिषयमा कुरा उठेपनि नगर्ने भन्ने विषयमा कतैपनि नउठेको बताए ।

उनले आगामी निर्वाचन आउन चार वर्ष बाँकी रहेको गठबन्धन नीति नभई रणनीति भएको धेरै सुझाव आएको सुनाए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.