जनताको विकास र समृद्धिको लागि वडामा सदैब लागि परेका छाैँ : अध्यक्ष सुर्यवंशी
१९ भदाै,काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर रहेकाे छ ।
पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान। प्रमुख जातजातीः मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी।
परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी। यस गाउँपालिकाले नेपालको कुल भुभागको ०।०७८८ प्रतिशत र नवलपरासी ९ब।सु।पू ० को १४।१५ प्रतिशत भूभाग ओगटेको छ।
नवलपरासी पुर्व जिल्लामा अवस्थित बलिङटार गाउँपालिका वडा नं. १ का वडा दिल बहादुर सुर्यवंशीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
बलिङटार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिल बहादुर सुर्यवंशीे ।
बलिङटार गाउँपालिका वडा नं. १ मा जम्मा बजेट वडाको १ करोड र प्रदेशबाट ५ करोड ९० लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष दिल बहादुर सुर्यवंशीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष राजवंशी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष सुर्यवंशीले बताउनुभयोे ।
वडा अध्यक्ष सुर्यवंशीले भन्नुभयो, ” वडामा शिक्षा,स्वास्थ्य,बाटो र भौतिक पुर्वाधार विकासहरुलाई पहिलो प्राथमिकता दिए साथसाथै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्ने, बालमैत्रि र आई.टि.पढाउनको लागि भवनहरुको निमार्ण गर्ने योजनामा रहेको छ । “
उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्रीहरु व्यवस्थापन गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको छ ।”
त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि सम्बन्धि तालिमहरुको व्यवस्था गर्ने, विभिन्न तरकारीहरुको विउँ विजन र फलफुलको विरुवाहरु वितरण गर्ने कामहरु गरिरहेको वडा अध्यक्ष सुर्यवंशीले बताउनुभयो ।
वडा अध्यक्ष दिल बहादुर सुर्यवंशीले भन्नुभयो, ” वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको र महिला सशक्तिकरणका तालिम र नेतृत्व विकास तालिमहरुको व्यवस्था गरेका छौ । “
त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि सामाग्रीहरुको व्यवस्था गरेको वडा अध्यक्ष सुर्यवंशीले बताउनुभयो ।
खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउने अभियानका साथ पाईप विच्छाउने काम भईरहेको र पानीको मुहान नभएको ठाउँमा लिफ्टिङबाट पुराउनको लागि विशेष जोड दिएको वडा अध्यक्ष सुर्यवंशीले प्रष्ट पार्नुभयो ।
त्यसै गरी विद्युतको क्षेत्रमा यस वडामा सौर्य सोलारबाट विद्युत बालिरहेको र राष्ट्रियस्तरको प्रसारणको लागि संघबाट सर्भे गरेर गईसकेको वडा अध्यक्ष सुर्यवंशीले जानकारी दिनुभयो ।
दिल बहादुर सुर्यवंशीले वडा अध्यक्ष ले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।