Share Icon

१७ बैशाख ,काठमाडौं । तुर्माखाँद गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन ।

तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

चालु आर्थिक वर्षको बजेटबाट ९५ प्रतशित काम वडाको भईसकेकाे  छ । बाकी काम चाडै सक्ने वडा अध्यक्ष शाहीले बताउनुभयाे ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यापारी तथा समाज सेवामा लाग्नुभएका शाही निरन्तर रूपमा स्थानिययको पिरमार्कामा साथ र सहयोग गर्दै वडा अध्यक्षकाे प्रतिनिधित्व गरिरहनुभएको छ ।

वडा अध्यक्ष वडा नम्बर २ का वडाध्यक्ष नरेन्द्र बहादुर शाहीले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । तुर्माखाँद गाउँपालिकामा वडा नम्बर २ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडाध्यक्ष शाहीले अहोरात्र खटिरहनु भएको छ ।

उहाँ ठूलो मतान्तरले जित हासिल गरेकोले सबै वडावासीको साथ र सहयोग पाइराख्नु भएको छ । वडा कार्यालय नहुदा स्थानियबासीलाई सेवा सुविधा चाहेजस्तो दिन नसकेको अब वडा कार्यालय बनाउने पहल गरिरहेकोे जानकारी दिनुभयो ।

वडाध्यक्ष शाहीले भन्नुभयो, ‘ शिक्षा , स्वास्थ्य, खानेपानि वडाकाे समस्या रहेकाे छ । यसलाई समाधान गर्न लागी रहेकाे छाैं ।   वडावासीको सेवा गर्न मलाई राम्रो लाग्छ, वडावासी सेवामा सदैव सर्मपित भईरहने छु ।’

उहाँले भन्नुभयो, ‘ चुनौतीलाई चिर्दै वडाका समस्या समाधान गर्न अहरात्र वडा कार्यालय लागि परेको छ ।’

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु।

Facebook Comments Box

Share Icon