तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा मगर
५ फागुन काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित सिद्धलेक गाउँपालिका वडा नं. ४ का झक बहादुर थापा मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर सिद्धलेक गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष मगरले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”
अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मगरले बताउनुभयो ।
वडा अध्यक्ष मगरले भन्नुभयो, “वडामा सडकको समस्या रहेकोले हामीले सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा गरीरहेका छौँ ।”
वडामा सडकलाई विशेष प्राथमिकतामा दिएसँगै वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई निर्माण तथा स्तर उन्नती गरेर व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष मगरले बताउनुभयो ।
वडा अध्यक्ष मगरले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुको भौतिक संरचनाहरु मर्मत तथा निर्माण गर्दै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”
वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष मगरले भन्नुभयो, “ हामीले वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै खानेपानीको कामहरु भइरहेको छ ।”
उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा सिचाई अन्तर्गत कुलोहरु मर्मत सँगै किसानहरुलाई पाइपहरु वितरण र कृषि सम्बन्धी तालिमहरु संचालन भइरहेको बताउनुभयो । त्यस्तै आउने दिनहरुमा किसानहरुलाई कृषि औजारहरु वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुको लागी आयोजना गरेको खेलकुद कार्यक्रम सँगै लैङगीक हिसां जस्ता जनचेतनाका कार्यक्रमहरु सम्पन्न गरेका छौँ ।”
त्यसैगरी वडामा रहेका लक्षित वर्गहरुलाई गाउँपालिका स्तरबाट कार्यक्रमहरु रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँ निर्वाचीत हुनु भन्दा अघि शैक्षीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष मगर भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा कृषि तथा सडकहरुलाई व्यवस्थापन गर्दै वडाबासीहरुको समस्यालाई सामाधान सँगै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई आफ्नो वडालाई सुन्दर समृद्धि बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







