Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा साेमबार विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे छ ।

वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा अन्तर्गतको साबिक लच्याङ ३ को महाकाली आधारभूत विद्यालय र गौरीशंकर आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे बताउनु भयाे ।

त्यस्तै उहाँले आज मंगलबार जनशक्ति आधारभूत विद्यालय अंगेरीपाटीमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिने जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon