खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

हस्ता विष्ट
२८ वैशाख, काठमाडाैँ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।
उहिले आँधिखोलादेखि पश्चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।
यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर १ देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ३ को भुरुङ्गखोला देखी पश्चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।
गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित भीरकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
भीरकोट नगरपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर थापा ।
पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।
भीरकोट नगरपालिका वडा नं. ५ मा जम्मा वजेट नगरबाट ३० लाख, संघबाट २० लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”
वडा अध्यक्ष थापा निर्वाचित हुनभन्दा पहिले वडा सदस्यामा रहेर काम गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।
वडा अध्यक्ष थापाले भन्नुभयो, ‘ वडामा खानेपानीको क्षेत्रलाई पहिलो प्राथमिकता दिनुका साथसाथै वडाबासीहरुको घरघरमा लिफ्टिङबाट खानेपानी पुराउने अभियानका साथ निरन्तर काम भईरहेको छ ।’
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने, विद्यालयको भवन निमार्ण गर्ने, खानेपानी तथा शौचालयको व्यवस्था गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै वडामा रहेका लगभग बाटोहरु ग्राभेल गर्ने, ढलान गर्ने कामहरु सम्पन्न भएको छ । ‘
त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै कृषकहरुलाई रासायनिक मलहरु वितरण गरेको,कृषि औजारहरु वितरण गरेको र विभिन्न विउँ विजन वितरण गरेकोे उहाँले बताउनुभयो ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा थापाले जानकारी दिनुभयो ।
त्यसै गरी महिला तथा युवाहरुलाई लक्षित गर्दैै विभिन्न रोजगारीमुलक कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
वडा अध्यक्ष कृष्ण बहादुर थापाले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।