Share Icon

२८ बैशाख ,काठमाडाैं ।  ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ ।

व्यवसायमा लाग्नुभएका प्रकाश बहादुर थापा २०७९ सालको स्थानीय तहको निर्वाचनमा मन र मत दुवै पाएर वडा ढकारी गाउँपालिका नम्बर ६ मा वडा अध्यक्ष पदमा निर्वाचन हुनुभयो । वडाका गतिबिधि निरन्तर रुपमा तिब्र गतिमा अगाडी बढाउनुभएको छ ।

उहाले भन्रुभयो,’ वडामा २० लाख बजेट रहेको थियाे । वडाका समस्या असिमित रहेको छ । आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

नमुना वडा बनाउन अहोराञ खटिरहेको छौं । स्थानियहरु संग हातेमालो गर्दै छौ विकास निर्माणमा तथा वडामा पारिवारिक वतावरण सिर्जना गरेका छौ । स्थानियलाई सहजताको महसुस गराउन हरदम लागीरहेको कुरा वडा अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

वडा खबरसंग कुरा गरिरहदा वडा अध्यक्ष थापाले भन्नुभयाे, ‘वडा कार्यालयमा आज बत्ति जडान गरिरहेका छौ । स्थानियले वडा बाट पाउने सेवा सुविधा बाट विद्युतका कारण बन्चित नहुन भनेर विद्युत लाईन जडानका साथै स्वास्थ्य चौकी , प्रहरी चौकीमा जडान गरिरहेको छौ । बिस्तारै वडाबासीको घरदैलोमा पनि बत्ति जाडन गर्ने वतावरण बनाउदैं छु ।’

बाटोको समस्यालाई प्राथमिकताका राखेर काम गर्न लागेको वडा अध्यक्ष थापाले बताउनुभयो । कतियपय अवस्थामा श्रमदान कार्यक्रम गरेर पनि बाटो निर्माण गरेको वडाबाट तथा व्यक्तिगत रुपमा लगानी समेत गरेको स्थानियले सदैव साथ र सहयोग गरिरहेको वडा अध्यक्ष थापाले उल्लेख गर्नुभयो । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

शिक्षा,  चालु आर्थिक वर्षका बजेटबाट सतप्रतिशत काम गरेर सकेको वडा अध्यक्ष  थापाले बताउनुभयाे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। थापाले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon