लिच्छविकालिन संस्कृति जाेगाउन वडामा रहेकाे विभिन्न मठ मन्दिरकाे डिपीआर बन्दैछ : अध्यक्ष प्रजापति (भिडियाेसहित)

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र प्रजापति स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष प्रजापति वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।
तर साेही क्रममा देशभरका ६ हजार ७ सय ४३ वडामध्ये केही वडाले वडावासीलाई गाउँ-गाउँमा सिंहदरबारकाे आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर कतिपय वडा विवादकाे भुमरीमा फसिरहेका हुन्छन् ।
तर साेही क्रममा केही वडाले अहिले राम्राे काम गरिरहेकाे उदाहरण पनि हामी सुनिरहेका हुन्छाैँ । वडा अध्यक्षहरूले समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही वडाले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन्। जनताको सुख दुःखका सारथी बनेका छन्।
प्रजापति नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।
वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । त्यस्तै वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा वडा अध्यक्ष प्रजापतिसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:
वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?
हामी निर्वाचित भएर आइसकेपछि, निर्वाचित हुनुभन्दा अगाडि जनतामाझ मैले कबुल गरेका प्रतिबद्धताअनुसार क्रमिक रूपमा वडाकाे विकासमा लागि परेका छाैँ । त्यस्तै वडावासीकाे चाहना तथा मागअनुसार याेजना बनाएर वडाकाे विकासका लागि धमाधाम काम गरिरहेका छाैँ । सँगसँगै सिंगाे काठमाडाैं महानगरपालिका सांस्कृतिक रूपले भरिएकाे सहर हाम्राे, सम्पदाकाे धनी सहर मध्येपनि याे वडा नम्बर ५ छुट्टै पहिचान बाेकेकाे वडाकाे रूपमा परिचित छ । पूर्व लिच्छविकालिन तथा प्राचिन सहर भनेर हामी भन्छाैँ । त्यसैले वडाकाे सम्पदा संरक्षण गर्न गुरू याेजना तयार गरिरहेका छाैँ । गुरू याेजना तयार भइसकेपछि हामी क्रमिक रूपमा कहाँ-कहाँ आवश्यक छ, सम्पदाहरूकाे चाँहि संरक्षण गर्ने र उत्खनन् गर्ने कार्यहरू हामी सुरू गर्दैछाैँ । विकासका आधार भनेकाे बाटाेघाटाे, ढल र विकासका पूर्वाधार निर्माण हुने कुरा नियमित कुरा हाे । याे हाम्राे ५ नम्बर वडामा वर्षमा १५/१६ वटा जात्रा हुने भएकाेले विकास र संस्कृतिकाे हिसाबले छुट्टै पहिचान बाेकेकाे वडा हाे ।
निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?
प्रतिबद्धताअनुसार वडामा धमाधम काम भइरहेकाे छ, हामी टाेल टाेलमा गएर वडावासीकाे मागअनुसार याेजना बनाउँछाै र त्यहीअनुसारकाे कामलाई निरन्तरता दिइरहेका छाैँ । कमी कमजाेरी भएका याेजनाहरूमा पनि सुधार गरेर अगाडि बढिरहेका छाैँ ।
वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?
अहिले मेराे वडामा केन्द्र र प्रदेश सरकारबाट कुनै पनि याेजना आएकाे छैन । अहिले हामी काठमाडाैं महानगरपालिकादेखि नै आएका याेजनामार्फत काम गरिरहेका छाैँ । हामी केन्द्र र प्रदेश सरकारबाट समन्वय गरिरहेका छाैँ । याेजना आयाे भने हामी त्यसलाई पनि निरन्तरता दिन्छाैँ ।
वडामा सञ्चालित नयाँ र पुराना याेजनाहरू के-के छन् ?
बढी पूर्वाधारकै याेजनाहरू रहेकाे छ, जस्तै अहिले विभिन्न मठमन्दिकाे डिपीआर बनिरहेकाे छ । विशालनगर पुस्ताकालय टेण्डर प्रकृयामा छ । खेलकुद मैदन पनि बन्ने प्राेसेसमा छ अहिले साथै हामी सार्वजनिक जाग्गा संरक्षणा गर्ने तर्फ विशेष जाेड दिएका छाैँ । र लिच्छविकालिन संस्कृति जाेगाउन वडामा बेला बेलामा विभिन्न कार्यक्रम गरिरहेका छाैँ ।