Share Icon

३ माघ काठमाडाैँ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरी स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

उहाँले जनताको समस्या र वडा विकासकोलागी आफु सधैँ तत्पर रहेको बताउनुभएको छ् ।

पछिल्लो समय कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिका वडा नम्बर २ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरी अहोरात्र खटिरहनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले विकास योजनाका कामहरु केही सम्पन्न गरेका छौँ भने केही योजनाहरुको काम सुरु हुन लागेको छ ।”

त्यसैगरी वर्षातकाे समयमा खोलाले बगाएको दुई वटा काठे पुल निर्माण सँगै सानो सिचाईका तिन वटा योजनाहरु मध्ये दुई वटा योजनाहरु सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

वडामा विशेष प्राथमिक्ता सडकलाई दिए सँगै सडकमा नाली निकाल्ने काम भइरहेको र सडक ग्राबेल गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले युवा, महिला तथा बालबालीकाहरुलाई लागुपदार्थ दुर्व्यसन लगाएत बाल विवाह सम्बन्धी जनचेतनाका कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ ।”

उहाँले शिक्षा क्षेत्रमा वडामा रहेका तिन वटा सामुदायीक विद्यालयहरु मध्ये आयस्रोत कम भएका दुई वटा विद्यालयहरु मालीका प्रा.वि र चौड्याल आधारभुत विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्नका लागी बजेट छुट्याइएको बताउनुभयो ।

त्यसैगरी कृषि क्षेत्रकोको लागी वडाबाट सानो सिचाईको काम सम्पन्न भएको र बाँकी रहेका कार्यक्रम र बिउबिजनहरु उपलब्ध गराउने काम भने नगरपालिकाले नै आयोजना गर्ने उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अगाढी निजी स्रोतको शिक्षक पेशामा आबद्ध भएको र वडाबासीहरुको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनुका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।”

अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon