Share Icon

काठमाडाैं । ‘समृद्ध हिलेटक्सार निर्माणमा हाम्रो ध्यान, खेलकुद विकासका लागि युवालाई प्रोत्साहन’ भन्ने नारासहित दोर्दी गाउँपालिका वडा नम्बर ९ हिलेट्क्सारमा दाेस्राे वडा स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतिनिधि सभाका सदस्य उर्मिला माझीको प्रमुख आतिथ्यमा दाेस्राे वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता २०८० एंव सांस्कृतिक तथा सांगीतिक कार्यक्रम कार्तिक २२ गते हुने वडा नम्बर ९ वडा अध्यक्ष आषिस तामाङले जानकारी दिनुभयाे।

वडा कार्यालयको आयोजना र हिलेटक्सार टोल सुधार समितिको व्यवस्थापनमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८० एवम् सास्कृतिक तथा सांगीतिक कार्यक्रम हुन लागेकाे उनले बताउनु भयाे ।

उहाँका अनुसार दोर्दी गाउँपालिका वडा न-९, हिलेटक्सार नव ज्योती खेल मैदानमा फुटबल प्रतियाेगिता हुनेछ ।

Facebook Comments Box

Share Icon