बढैयाताल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले धानकाे बिउ पुन: वितरण गर्दै
काठमाडाैं । बर्दियाकाे बढैयाताल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले धानकाे बिउ वितरण गर्न लागेकाे छ ।
वडा अध्यक्ष तेजनाथ पाैडेलले भाेलि बिहीबार वडावासीहरूलाई धानकाे बिउ वितरण गर्न लागिएकाे जानकारी दिनुभयाे ।
उहाँले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानकाे बिउ पुन: वितरण गर्न लागिएकाे जानकारी दिनुभयाे ।
कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई वडा कार्यालयले प्राथमिकता दिँदै आएको छ ।
वडा अध्यक्ष पाैडेलका अनुसार बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका छन् ।
संघीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको वडा कार्यालयले जनाएकाे छ ।
यसअघि पनि केही दिन अगाडि वडा कार्यालयले धानकाे बिउ वितरण गरेकाे वडा सचिव स्वास्तीका पाैडेलले जानकारी दिनुभयाे ।








