शिक्ष, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता दिएर काम गरिरहेका छाैं : वडा अध्यक्ष कुशवाहा

Share Icon

काठमाडौं । पछिल्लो समय आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८मा विकासले फड्को मारिरहेको छ । वडा अध्यक्ष हरिनारायण प्रसाद कुशवाहाले वडामा अहिले विकास निर्माणका विभिन्न योजनाहरु अघि बढाइएको छ ।

उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर महिला र बाललिकाहरुको लागि हामी काम गरिरहेका छौँ।’

त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

वडा अध्यक्ष कुशवाहाले अहिलेसम्म ५० देखि ६० प्रतिशत बजेट सकिएको बताउनु भयो । उहाँले भन्नुभयो,’बाँकी बजेट पनि सही ठाउँमा सदुपयोग हुनेछ, जनताले हाम्रो हरेक विकास निर्माणका काममा साथ दिइरहेका छन्।’

उहाँले वडामा रहेका स्थानीयवासीको मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । वडा विकास निर्माणको काममा एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’चुनवामा गरिएको प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएको छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक योजनानमा अनुगमनलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर योजना बनाइएको बताउनु भयो ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ८ का स्थानीय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ का वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.