Share Icon

२२ जेठ , काठमाडौं ।  नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१९८९१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो ।

डडेल्धुरा जिल्लाको वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो । यस परशुराम नगरपालिका १० वटा वडा कायम गरिएको छ।

परशुराम नगरपालिका वडा नम्बर ३ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

परशुराम नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नरेश बहादुर खवास ।

चालु आर्थिक वर्षको बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष खवासले जानकारी गराउनुभयो । योजना बनाउन टोलटोलमा गएर बनाउने गरेको कुरा समेत अध्यक्ष खवासले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता बिजुली बत्ती र सडकलाई दिदैँ वडा नम्बर ३ मा यो वर्ष वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ।”

वडा अध्यक्ष खवासले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, र आवश्यक परेको ठाउँमा बाटो ढलान गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि पहल गरिरहेकाे वडा अध्यक्ष नरेश बहादुर खवासले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेकोे र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष खवासले जानकारी दिनुभयो ।

परशुराम नगरपालिका वडा नंम्बर ३ मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडी बढाइएको वडा अध्यक्ष नरेश बहादुर खवासले बताएका छन् ।

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष खवासले बताएका हुन ।

पछिल्लो समय परशुराम नगरपालिका वडा नं ३ ले विकासको फड्को मारिहेको छ। जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष खवासले बताउनुभएको छ।

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

परशुराम नगरपालिका वडा नम्बर ३ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

Facebook Comments Box

Share Icon