Share Icon

 २४ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो ।

‘सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो ।

वडा अध्यक्ष थापाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”

उहाँले भन्नुभयो,  ” बाटोको स्तरउन्नति गर्दै दलभञ्ज्याङ कुवापानी पातीस्वाँरा हुदै सादी खोला नाला र सडक स्तरोन्नति सुरु भएको छ । बाटोको टया«क खोल्दै, नालि बनाउने कामहरु लगभग असी प्रतिशत काम सम्पन्न भईसकेको छ । ”

त्यसै गरी धार्मिक तथा सांस्कृतिक क्षेत्रमा मठ मन्दिर निमार्ण गर्ने योजनामा राखेको उहाँले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु थुप्रै रहेको छन, केहि योजनाहरु सम्पन्न भईसके र केहि योजनाहरु सम्पन्न गर्ने तयारीमा रहेका छौ । ”

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ । ”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon