Share Icon

♦ध्रुब कार्की

१० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित धुनिबेशी नगरपालिका साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् ।

धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३⁄११⁄२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको दोस्रो नगरपालिका हो ।

धुनिबेशी नगरपालिका स्थित वडा नम्बर १ का मान बहादुर तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर धुनिबेशी नगरपालिका वडा नं. १ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय धुनिबेशी नगरपालिका वडा नं. १ ले विकासको फड्को मारिरहेको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई निरन्तरता दिदैँ नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी बाटोघाटो, जनचेतनाका कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि लगाएत खानेपानीका योजना तथा कार्यक्रमहरू रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडामा विकासका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै तालिम तथा कार्यक्रम सँगै वडामा सिचाईहरुको काम भइरहेको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै भौतिक संरचनाहरु निर्माण गर्दै शिक्षालाई गुणस्तर बनाउन लागी पर्ने योजना बनाएका छौँ ।”

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर सडकहरुलाई ग्राबेल तथा कालोपत्रे गरेर व्यवस्थापन गर्ने योजनासँगै योजना अनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई सिप मुलक तालिमहरु गलैचा बुन्ने तथा टेम्पु सिकाउने जस्ता तालिमहरु भइरहेको छ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाको बजार क्षेत्रमा चक्रपथ निमार्ण गरेर कालोपत्रे गर्ने र वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अघि बढने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon